मदन विक
बाजुरा, १५ चैत । बाजुराको त्रिवेणी नगरपालिकामा सवारी साधन चल्न थालेपछि नगरपलिकाको मुहार नै फेरिएको छ । सवारी साधन संचालनमा आएपछि स्थानीयको जीवनयापनमा परिवर्तन आउनुका साथै आफ्नै गाउँमा गाडी चड्ने सपना समेत पूरा भएको भन्दै हर्षित भएका छन् ।
बाजुराको त्रिवेणी नगरपालिकामा गत पुषदेखि सवारी साधन चल्न थालेको छ । ग्रामिण पहुँच परियोजनाले सडक निर्माण गरेर स्थानीयलाई आयआर्जनतर्फ उन्मुख गराउन सडक बनाएको हो । सडक बनेपछि सो नगरपालिकामा जीप चलिरहेको छ । अहिले दिनहुँ सडकमा जिप सेवा सञ्चालन भइरहेको छ । जीप चल्न थालेपछि नगरपालिाका र स्थानीयको मुहार नै परिवर्तन भएको छ ।
परियोजनाले मौरे–कैलासमाण्डौ र मौरे–तोली–छताराको २७ किलोमिटर सडक निर्माण गरिरहेको छ । सो सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । सडकमा काम गर्न थालेपछि स्थानीयले आम्दानी समेत गर्न थालेका छन् ।
परियोजनाले स्थानीयलाई सडकमा कामगरे बापत ४० करोड ८७ लाख उपलब्ध गराएको छ । परियोजनाले त्यस क्षेत्रका स्थानीयको आयआर्जनमा सहयोग गर्दै आएको छ ।
बाजुराको ९ वटा स्थानीय तहमध्ये बडीमालिका, बुढीगंगगा र बुढीनन्दा नगरपालिका क्षेडेदह र गौमुल गाउँपालिकामा सडक संजाल जोडिसँगै यातायात सेवा संचालन भएको छ । हिमाली क्षेत्रमा भने सडक पुग्न सकेको छैन । हिमाली क्षेत्रका स्थानीयले सडक संजाल जोड्न माग गरेका छन् ।