काठमाडौं, १५ चैत । नेपाल आयल निगम अमलेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरुलाई लक प्रक्रियामा ल्याउने भएको छ । पेट्रोलियम पदार्थ बोक्दा चुहावट बढेको भन्दै निगमले लक प्रक्रिया लागु गर्न लागेको हो ।
भारतदेखि नेपालसम्म आइपुग्दा चालक र कर्मचारीको मिलोमतोमा चुहावट बढ्न थालेपछि निगमले आगामी बैसाख एक गतेबाट लक प्रक्रिया लागु गर्न लागेको हो । लक प्रक्रिया लागुभएपछि भारतीय क्षेत्रमा लोड भएका पेट्रोलियम ट्यांकर नेपाल आयल निगम वा सम्बन्धित क्षेत्रमा पुगेपछि मात्रै खोल्न सकिने छ ।
अहिले आयल निगम अमलेखगञ्ज शाखा अन्तर्गत दैनिक तीन सयको हाराहारीमा ट्यांकरहरु सञ्चालनमा छन् । लक प्रक्रियाको पालना नगर्ने ट्यांकरलाई शाखामा प्रवेश निषेध गरिने निगमले जनाएको छ ।




