अन्तिम समयमा रोनाल्डो चम्किँदा पोर्चुगलको जित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अन्तिम समयमा रोनाल्डो चम्किँदा पोर्चुगलको जित

Cristiano ronaldo

काठमाडौं, १० चैत । खेलको इन्जुरी समयमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २–१ ले पराजित गरेको छ ।

लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सालाहले खेलको ५६ औँ मिनेटमा गोल गर्दै इजिप्टलाई दिलाएको अग्रता ९० औँ मिनेटसम्म कायम थियो । तर खेलको निर्धारित समय सकिएर सुरु भएको अतिरिक्त समयको दोस्रो मिनेटमा पोर्चुगलका लागि रोनाल्डोले पहिलो गोल गरे ।

बराबरी गरे लगत्तै रेफ्रीले खेल सकिएको केही सेकेन्ड अगाडि अर्थात् अतिरिक्त समयको पाँचौ मिनेमा रोनाल्डोले नै व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले विजयी गर्न सफल भए ।

पोर्चुगल र इजिप्ट रसिया विश्वकपका लागि छानिइसकेका टोली हुन् । पोर्चुगल रोनाल्डोको खेलसँग निर्भर छ भने इजिप्ट पनि सालाहको खेलसँग निर्भर छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);