भक्तपुर, ९ चैत । भूमिसुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल घुस रकम सहित पक्राउ परेका छन् ।सेवाग्राहीबाट घुस लिँदै गर्दा नायव सुब्बा भुजेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयबाटै पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको जग्गाको मोही नामसारी गरिदिने भन्दै सुब्बा भुजेलले सेवाग्राहीबाट १० हजार नगद लिएका थिए । अख्तियारले सुब्बा भुजेलमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।