काठमाडौं, ८ चैत । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीबार राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको परिकल्पना साकार पार्न सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्ता रहेको उनले बताए ।
मन्त्री विश्वकर्माले विधिसम्मत ढंगले चल्न पनि मातहतका निकायलाई सचेत गराएका छन् । मन्त्री विश्वकर्माले खेलकुदको सम्भावनालाई गहिरोसँग अध्ययन गरेर यस क्षेत्रको विकासमा लागि आफू लागी पर्ने बताए ।




