एजेन्सी , ८ चैत । न्युजिल्याण्डविरुद्धको टेस्ट श्रृंङ्खलामा इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ५८ रनमा अल आउट भएको छ ।
पाँच जना खेलाडी शुन्य रनमा आउट भएपछि तथा चार जनाले दोहोरो रन बनाउन नसकेपछि इंग्ल्याण्ड २०.४ ओभरमा ५८ रनमा समेटिएको हो । इंग्ल्याण्डले २७ रन बनाउँदा ९ विकेट गुमाएकामा क्रेइग ओभर्टनले २५ बलमा ३३ रन जोडेर इनिङ उकासेका थिए ।
इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ६ तथा टिम साउथीले ४ विकेट लिए । ६३ वर्ष पहिले अर्थात सन् १९५५ मा भएको टेष्ट क्रिकेटमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई २६ रनमा अलआउट गरेको थियो ।




