उज्यालो पाउने जनताको अधिकार : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उज्यालो पाउने जनताको अधिकार : उर्जामन्त्री

काठमाडौं, ६ चैत । उर्जामन्त्री वर्षमान पुनले संघियतामा सबै तहले काम गर्ने गरी उर्जासम्बन्धी कानुन बनाउन लागिएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले उर्जाको उपयोग सम्बन्धमा अहिले संघ प्रदेश र स्थानीय तहको अधिकार के के भन्ने विषय स्पष्ट नभएकोले समन्वयमा काम गर्ने गरी नीति बनाउन लागिएको बताए । यसो गर्दा उर्जाको भरपूर उपयोग हुने र विवाद पनि नहुने उनको भनाई छ ।

मन्त्री पुनले उज्यालो पाउने जनताको अधिकार भएकोले सबै जनता उज्यालो पु¥याउने गरी आफूले कार्यक्रम बनाउने बताए ।

मन्त्रालयको पहिलो प्राथमिकता पुराना आयोजना समयमा सम्पन्न गर्ने रहेको उनले बताए । हरेक पल्ट प्रधानमन्त्री र मन्त्री परीवर्तन हुने वित्तिकै नयाँ योजना बन्ने तर समयमा पुरा नहुने भएका कारण जनताले विश्वास गर्ने अवस्था नभएकोले आफूले पूराना आयोजनालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);