गृहमन्त्री थापाद्वारा विमानस्थलमा ‘छड्के’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गृहमन्त्री थापाद्वारा विमानस्थलमा ‘छड्के’

Ram-bahadur-thapa

काठमाडौं, ६ चैत । गृहमन्त्री रामबहादुर थापाले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘छडके’ जाँच गरेका छन् । विमानस्थलको आकस्मिक अनुगमन पछि संचारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सुरक्षा र पहिचानको मुख्य विन्दु भएकाले विमानस्थलको आकस्मिक अनुगमन गरिएको स्पष्ट पारे ।

मन्त्री थापाले विमानस्थललाई व्यवस्थित बनाउन ठोस नीति बनाउन लागिएको जानकारी दिए । उनले अनुगमनका क्रममा विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई पनि सचेत गराए ।

विमानस्थल अस्तव्यस्त भईरहेको गुनासो आईरहेका बेला मन्त्री थापाले आकस्मिक अनुगमन गरेका हुन् । मन्त्री थापाले अनुगमनका क्रममा कार्यालयमा अनुपस्थित रहेका कर्मचारीमाथि विभागीय कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);