काठमाडौं, १ चैत । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी समालेका छन ।
न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उमेरहदका कारण गत साउन १ गते नै अवकाश पाएको भन्दै बुधबार पत्र थमाएपछि जोशीले कार्यभार समालेका हुन ।
पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयमा केहीवर्षयता प्रश्न उठ्दै आएको थियो ।