प्रधानन्यायाधीश पराजुलीले तोकेकाे इजलाशमा अधिकांश न्यायाधीश बसेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश पराजुलीले तोकेकाे इजलाशमा अधिकांश न्यायाधीश बसेनन्

काठमाडौं, २९ फागुन । विदामा बस्न दिएको सुझावलाई वेवास्ता गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले नियमित काम सम्हालेपछि ८ जना न्यायाधीश इजलाशमा गएका छैनन् ।

सर्वोच्चमा आज १२ वटा इजलाश गठन भएका थिए । तीमध्ये चार इजलाश नबसेका हुन् । प्रधानन्यायाधीश पराजुलीले आजको दैनिक इजलाश गठन गरेका थिए । उनले न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई छाडेर इजलाश तोकेका थिए ।

दिपकराज जोशी र प्रकाश सिंह राउत, आनन्दमोहन भट्टराई र इश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ इजलाशमा प्रवेश गरेनन् ।

हिजो प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि नै निवृत्त भइसकेको र उनको न्यायिक सम्पादन विवादास्पद बन्दै गएको भन्दै न्यायाधीश चोलेन्द्र शमशेर जबराले बेञ्च बहिष्कार गर्ने वक्तव्य जारी गरेका थिए ।

जबराको वक्तव्यपछि सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले हिजो नै प्रधानन्यायाधीशलाई विदामा बस्न सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);