ओली सरकारले आर्थिक विकासलाई तीव्रता दिन्छ : जोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ओली सरकारले आर्थिक विकासलाई तीव्रता दिन्छ : जोली

काठमाडौं, २९ फागुन । भारतीय जनता पार्टीका नेता विजय जोलीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेपालमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासमा तीव्रता दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारत सरकार र भारतीय जनता सशक्त, शान्त र समृद्ध नेपालको पक्षमा रहेको पनि स्पष्ट पारे ।

नेता जोलीले ओली नेतृत्वको सरकारलाई जनताले पाँच वर्षसम्म सरकार संचालन गर्ने आदेश दिएको उल्लेख गर्दैै त्यसलाई सफलतापूर्वक नेतृत्व दिन प्रधानमन्त्री ओली समक्ष हुने आशा व्यक्त गरे ।

नेता जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न चाहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);