ओली सरकारलाई भारतको पूर्ण समर्थन : भाजपा नेता जोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली सरकारलाई भारतको पूर्ण समर्थन : भाजपा नेता जोली

काठमाडौं, ३० फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारत सरकार र भाजपाको पूर्ण समर्थन रहेको बताएका छन् । ओलीको कार्यकालमा नेपालमा शान्ति, विकास, सुशासन र समृद्धि प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिन दिल्लीबाट आएका जोलीले मंगलबार रिपोर्टर्स क्लबमा भने, ‘ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ । आगामी दिनमा अझै धेरै सहयोग रहनेछ ।’ भारत सधैँ नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाइ थियो । जोलीले भने, ‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षमा छ ।’

उनले ओली नेतृत्वको सरकार पाँच वर्षका लागि गठन भएकाले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वका लागि काम गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो आशा छ, जनादेशअनुसार अब नेपालमा राजनीतिक स्थायित्व हासिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।’

नेपाल र भारतबीच रोटी र बेटीको ऐतिहासिक सम्बन्ध रहेको उनको दाबी गरे । उनले थपे, ‘अब द्विपक्षीय सम्बन्धलाई थप सबल र सशक्त बनाउनुपर्छ, विकासको माध्यमबाट सम्बन्धलाई अघि बढाउनुपर्छ, नेपाल र भारत दुवै देशका नागरिकले आउने र जानका लागि भिसा लगाउनुपर्दैन, यो ऐतिहासिक सम्बन्धलाई अब पिपुल टु पिपुल अर्थात् जनस्तरमा पनि थप मजबुत बनाउनुपर्छ, मेरो र भारतको यही विषयमा हरहमेसा कोसिस रहन्छ ।’

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);