मेयर चौधरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेयर चौधरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

ghodagodi mayar

काठमाडौं, २९ फागुन । अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नगरपालिकाको सुख्खड बजारस्थित घरमै बसिरहेका बेला गएराति ८ बजेतिर गोली र खुकुरी प्रहारबाट घाइते भएका मेयर चौधरीलाई सुख्खड र नेपालगञ्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उनको कम्मर र खुट्टामा गोली लागेको छ । गोली मात्र होइन उनीमाथि खुकुरी समेत प्रहार भएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । चौधरीलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रहरीले गोली र खुकुरी प्रहारमा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । मेयर चौधरीमाथि गत बिहीबार नगरपालिकाकै १८ बर्षिय राधा चौधरीलाई बोक्सीको अभियोगमा ६ घण्टासम्म कुटपिट गर्ने रामबहादुर चौधरीलाई छुटाउन भूमिका खेलेको आरोप छ ।

चौधरीमाथि आक्रमण भएको विरोधमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताले कैलालीमा पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन् । एमाले कार्यकर्ताले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गर्दै राजमार्ग बन्द गराएपछि यात्रुको विचल्ली भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);