काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । आज दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी मनोनयनका लागि तोकिएको समयमा एमालेका तिमल्सिनाको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएका हुन् ।
यद्यपी तिमल्सिना अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार बस्ने राष्ट्रियसभा बैठकले गर्नेछ । उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका तिमिल्सिनाले संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी राम्रोसँग पुरा गर्ने ब ताए । वाम गठबन्धनमा प्रतिनिधि सभाको सभामुख माओवादी केन्द्रले लिने र राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई दिने सहमति भएको थियो ।