राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई आज प्रमाणपत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २४ माघ । प्रदेश नम्वर २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन आज भएपनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै आयोगले माघ १५ गते नै उनीहरुलाई निर्वाचित भएको घोषणा गरेपनि प्रमाणपत्र भने दिएको थिएन । प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो । दलितमा रामपृत पासवान, अल्पसंख्यकमा वृषेशचन्द्र लाल र महिलामा मोक्ता यादव, प्रमिलादेवी यादव तथा शशिकला दाहाल सर्बसम्मत भएका थिए ।

पासमान र प्रमिला संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवारी दिएका थिए भने वृषेश राजपा, मोक्ताले कांग्रेस र शशिकलाले माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता थियो । खुलातर्फ राजपाका रमेश यादव, कांग्रेसका जितेन्द्र देव र एमालेका सुमन प्याकुरेल सर्बसम्मत भएका थिए । प्रमाणपत्र वितरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);