काठमाडौं, २६ फागुन । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चैत्र १५ गते बाम एकता हुने दाबी गरेका छन । नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री राईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी एकताको सम्पूर्ण कार्य सकिएको भन्दै चैत्र १५ गते एकता घोषणा हुने दाबी गरे ।
मुख्यमन्त्री राईले अघिल्लो सरकारले संघीयता कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण नगरिदिएकाले काम गर्न कठिनाई भएको समेत बताए ।