काठमाडौं, २६ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन ।
प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित भएको ११ महिनापछि जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका हुन । उनि अघिल्लो कार्यसमितिमा पनि जिल्ला नगर उपाध्यक्ष नै थिए । गत चैतमा भएको साधारणसभामा जिल्ला नगर उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार भएवापत पद गुमाएपछि महासंघमा जिल्ला नगर उपाध्यक्षका लागि शुक्रबार मतदान गराइएको हो ।
प्रधान ९८ मध्ये ६५ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी निरक केसीले ३३ मत ल्याए । ११ महिना पहिले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दा विपक्षमा उभिएका पूर्व अध्यक्ष चण्डीराज ढकालले साथ दिएका कारण प्रधान दुई तिहाइ मतसहित जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका हुन ।




