आतंक मच्चाउने सांसदमाथि ठाउँको ठाउँ कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

आतंक मच्चाउने सांसदमाथि ठाउँको ठाउँ कारवाही

samsadh aatanka

काठमाडौं, २६ फागुन । संसद बैठकमा आतंक मच्चाएर सदनको काम कारवाही प्रभावित गर्ने सांसदलाई मर्यादापालक लगाउर निष्कासन गर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ ।  यो व्यवस्था यसअघि कामय भए पनि कार्यान्वयनमा आएको थिएन । प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कर्याविधिमा आतंक मच्चाउने सांसद्लाई सभामुखले आफ्नो अधिकार प्रयोग गरी कारबाही गर्न सक्ने अधिकारलाई जोड दिएको छ । ,

आन्तरिम कार्याविधिमा लेखिएको छ, सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसत्मक कार्य गरेमा वा बल प्रो गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पुर्याएमा सभामुखले निजलाई बैठक कक्षबाटै तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।