काठमाडौं, २३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले दुई दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मन्त्री पण्डितले संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी दुवै दल सरकारमा सहभागी हुने दाबी गरे ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सकेसम्म सबै दललाई सरकारमा सहभागी गराएर मन्त्रीपरिषद विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री पण्डितले मन्त्रालय समायोजनको काम तीव्र गतिमा भईरहेको बताए । उनले मुलुकलाई समृद्ध बनाउन जवाफदेही ढंगले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।