काठमाडौं ।
आज दुई वटा संसदीय विशेष समितिको बैठक बस्दैछ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने बैठकमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा छलफल र समितिको कार्यदेशअनुसार विषय विज्ञहरु छनोट सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ । त्यस्तै भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठक सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभा कक्षमा बस्नेछ । बैठकमा भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल हुने कार्यसूचि रहेको छ ।




