काठमाडौँ ।
नेपाली काँग्रेसको आईतवारबाट जारी १५ औं महाधिवेशन आज पनि जारी छ । आज बिहानैबाट केन्द्रिय नेतृत्वका लागि मतदान भइरहेको छ । बिहान सात बजेदखि नै खुलामञ्च, सभा गृह र प्रज्ञा भवन गरी तीन स्थानमा मतदान भइरहेको हो । जारी मतदानबाट काँग्रेसको नेतृत्व चयन हुनेछ । करिव साढे ७ हजार महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गरिनेछ । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु लाइनमा रहेका छन् ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षा हुनेछ ।
This website uses cookies.