तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।  आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव सङ्कलन, बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो साढे २ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफल हुनेछ । त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply