जल व्यवस्थापनमा चीनसँग सहकार्य गर्न इजिप्टको तत्परता | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

जल व्यवस्थापनमा चीनसँग सहकार्य गर्न इजिप्टको तत्परता

इजिप्टले जल व्यवस्थापनका क्षेत्रमा चीनसँगको सहकार्यलाई व्यापक सम्भावनाका रूपमा अगाडि सारेको छ । इजिप्टका जलस्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले चीनसँग भएको उन्नत प्रविधि र अनुभवले आफ्नो मुलुकको जल व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सेविलमले चीनसँगको सहकार्यले दुवै देशका लागि ‘विन–विन’ (दुवै पक्षलाई फाइदाजनक) वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे  । उनले दुवै मुलुकका उच्च नेतृत्वबीचको सम्बन्धले यस क्षेत्रमा साझेदारीलाई थप बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरे । इजिप्ट हाल विश्वकै जल संकटको उच्च जोखिममा रहेको मुलुकहरूमध्ये एक हो । सरकारी तथ्यांकअनुसार इजिप्टको ९८ प्रतिशतभन्दा बढी नवीकरणीय जल स्रोतहरू मुलुकको सीमाना बाहिरबाट आउने गर्दछन् । यस्तो अवस्थामा पानीको कुशल व्यवस्थापन र मितव्ययी प्रयोग इजिप्टका लागि अनिवार्य आवश्यकता बनेको छ । यसैबीच, आगामी अक्टोबरमा आयोजना हुन लागेको ‘क्यारो वाटर विक’मा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहनेछ । मन्त्री सेविलमका अनुसार उक्त कार्यक्रमले दुई देशबीच छलफल र सहकार्यका नयाँ मार्गहरू खोल्नेछ । इजिप्टले आफ्नो जल क्षेत्रमा डिजिटल रूपान्तरण र आधुनिक प्रविधि भित्र्याउने योजनालाई प्राथमिकताका साथ अघि बढाएको छ ।

Leave a Reply

ताजा समाचार