यी हुन् पहिलोपटक मन्त्रीका लागि आकांक्षी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यी हुन् पहिलोपटक मन्त्रीका लागि आकांक्षी

maoist umle party

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन् ।

सम्भव भएसम्म आज सोमबार बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्थायी समितिको निर्णयपछि प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ । सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।’,

यी हुन् पहिलोपटक मन्त्रीका लागि आकांक्षी
एमालेभित्र ३० जनाभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन् । पटक–पटक दोहोरिएकादेखि एकपटक पनि अवसर नपाएका पदाधिकारी तहका नेताहरू मन्त्रीका आकांक्षी छन् । यसपटक अवसर नपाएका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तहका राम्रा छवि बनाएका नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ ।

प्रदेश १ बाट सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, यज्ञराज सुनुवार र वसन्त नेम्बाङ आकांक्षी छन् । उनीहरूमध्ये कसैले पनि मन्त्री बन्ने अवसर पाएका छैनन् । २ बाट रघुवीर महासेठ र सुमन प्याकुरेल आकांक्षी छन् । महासेठ एकपटक मन्त्री भइसकेका छन् । ३ बाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, रामवीर मानन्धर, महेश बस्नेत आकांक्षी छन् । उनीहरूमध्ये श्रेष्ठ र बस्नेत एकपटक मन्त्री भइसकेका छन् ।

प्रदेश ४ बाट युवा नेता रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र पद्मा अर्याल छन् । अधिकारी, विश्वकर्मा र अर्यालले अवसर पाए पहिलोपटक मन्त्री बन्नेछन् । ५ बाट भने पदाधिकारी तहकै नेता आकांक्षी छन् । उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी समिति सदस्य छविलाल विश्वकर्मा आकांक्षी छन् । त्यस्तै, ६ बाट धनबहादुर बुढा, नवराज रावत, ७ बाट प्रेम आले, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्री बन्ने दौडमा छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजुलाई हराएका कारण राना चर्चामा रहे पनि यसअघि रातो पासपोर्ट दुरुपयोगमा मुछिएका कारण उनलाई बनाउन नहुने भन्दै प्रदेशकै अन्य नेताहरूले लबिङ गरिरहेका छन् ।

मन्त्री नबन्नेलाई पार्टीमा जिम्मेवारीको प्रस्ताव
एमाले उपाध्यक्ष भीमबहादुर रावलले मन्त्री नबन्ने पार्टीका पदाधिकारीलाई महवपूर्ण जिम्मेवारी दिनुपर्ने विकल्प अघि सारेका छन् । मन्त्रीका आकांक्षी रावलले महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण विष्टलगायत सबै पदाधिकारी मन्त्री बन्ने दौडमा देखिएपछि पार्टीमा नयाँ प्रस्ताव अघि सारेका हुन् ।

स्थायी समिति बैठक र ओलीसँगको भेटमा रावलले त्यस्तो प्रस्ताव राखे पनि प्रस्ट खुलाएका छैनन् । पार्टी एकीकरण हुन लागिरहेका वेला रावलको पछिल्लो प्रस्तावलाई विभिन्न कोणबाट टिप्पणी भइरहेको एक नेताले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);