आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न नसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।

कांग्रेससहितको गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे पनि कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धनमा कांग्रेसका भागमा ८ मन्त्रालय परेपनि शुक्रबार चार जनाले मात्रै जिम्मेवारी सम्हालेका छन् ।

कांग्रेसका भागमा परेका अन्य मन्त्रालय अझै पनि खाली छन् । पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र गुटगत रूपमा नेता शेखर कोइराला पक्षले सम्मानजनक ठाउँ नदिएको भन्दै नाम नदिएपछि सभापति देउवाले आफूनिकट चार नेतालाई मात्रै मन्त्री बनाउनुभएको हो । आइतबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा मन्त्रिपरिषद् विस्तार, वैशाख १० मा हुने उपनिर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिनुभयो । यसअघि गत बिहीबारमात्रै पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल र सीता गुरुङ मन्त्री बनेका छन् ।

सभापति देउवाले कांग्रेसले पाएका ८ मध्ये ६ मन्त्रालयमा आफूनिकटलाई पठाउने र २ वटा मन्त्रालयमात्रै कोइराला समूहलाई दिने तयारी गर्नुभएको थियो । तर कोइराला समूहले ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने भनेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);