सरकारलाई सबैभन्दा बढी कर तिर्ने ठूला करदाता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

सरकारलाई सबैभन्दा बढी कर तिर्ने ठूला करदाता

Tax

काठमाडौं, १४ फागुन । दूरस‌चार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमलाई पछ्याउदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी कर बुझाएका छन्।

यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेष्न्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिजय बैंक र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन्। यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमा रहेको ठूला करदाता कार्यालले जनाएको छ।

एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल, गोरखा ब्रुअरी, नबिल र नेपाल इन्भेष्टमेन्ट बैक गत वर्ष पनि सर्वाधिक कर तिर्ने करदाताको सूचीमा सूचिकृत कम्पनी हुन्।यो खबर आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार