देशभर बदली र वर्षाको सम्भावनाः कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावनाः कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरिको मौसममा उल्लेख्य बदलाव आउने सम्भावना रहेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर पूर्णतया बदली रहने देखिन्छ । आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, हिमाली भू–भागका केही स्थान र तराईका केही क्षेत्रमा समेत मेघगर्जनसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले शतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । रातिको समयमा पनि देशभरको मौसम पूर्णतया बदली रहनेछ । देशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा र हिमपात हुनसक्ने देखिन्छ । यसैगरी, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका साथै वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । राति कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply