देशभर पूर्ण बदली र वर्षाको सम्भावना, पहाडी भेगमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

देशभर पूर्ण बदली र वर्षाको सम्भावना, पहाडी भेगमा भारी वर्षाको चेतावनी

काठमाडौं ।

देशभरको मौसममा उल्लेख्य बदलाव आएसँगै आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभर पूर्णतया बादल लाग्नेछ । आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हिमाली भू–भागका केही स्थानमा समेत मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ । यस्तै, तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरी चल्ने सम्भावना समेत रहेको छ । रातिको समयमा पनि देशभर पूर्णतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, राति देशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान मौसम महाशाखाले गरेको छ ।

 

Leave a Reply