काठमाडौं, ८ फागुन । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा मंगलबार विहान भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
मंगलबार दिउँसो नेपाली सेनाको बम डिस्पोजक टोलीले सो शंकास्पद बस्तु निष्क्रिय पारेको हो । त्यस क्रममा सो शंकास्पद बस्तु ठूलो आवाजमा पड्किएको थियो ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकाले सो शंकास्पद बस्तु सर्वसाधारणलाई त्रसित गराउन सोही पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शंकास्पद बस्तु भेटिएपछि करिव २ घण्टा सो क्षेत्रको सवारी साधनको आवागमन प्रभावित भएको थियो ।