प्रदेश ४ लाई समृद्धिको पहिलो प्रदेश बनाउने मुख्यमन्त्री गुरुङकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रदेश ४ लाई समृद्धिको पहिलो प्रदेश बनाउने मुख्यमन्त्री गुरुङकाे घोषणा

नवलपरासी, ५ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अबको पाँच बर्षमा आफ्नो प्रदेशलाई समृद्धिको पहिलो प्रदेश बनाउने घोषणा गरेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देबचुली नगरपालिकामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पूर्वाधारको विकाससँगै आर्थिक सम्वृद्धिमा समेत प्रदेश नम्बर ४ लाई नमूना प्रदेश बनाउने प्रतिबद्धता जाहेर गरे ।

उनले शिक्षा, पर्यटन, सस्कृति, जलबिद्युत् लगायत पुर्वाधारमा अगाडि रहेको भन्दै प्राप्त स्थानीय स्रोत साधनको भरपुर प्रयोग गरि ४ नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने उद्घोष गरेका छन् । मुख्यमन्त्री गुरुङले सबै मिलेर प्रदेशको विकासका लागि एकजुट हुनुपर्नेमा पनि जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);