प्रधानमन्त्री देउवा देशवासीका नाममा सम्बोधन गरेर राजीनामाको घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रधानमन्त्री देउवा देशवासीका नाममा सम्बोधन गरेर राजीनामाको घोषणा गर्दै

deuwa

काठमाडौं,३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन । प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन । देशवासीका नाममा सम्बोधन गर्नुपहिले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक सुरु हुँदैछ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने जानकारी दिए । देउवा गत जेठ २३ गते चौंथोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रधानमन्त्री निर्वाचित गराउन भोट हालेको माओवादी केन्द्रले साथ छोडेर एमालेसँग गठबन्धन गरेपछि नेपाली कांग्रेस प्रतिपक्षमा वस्नुपर्ने अवस्थामा पुगेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);