चट्याङ लागेर नेपाली सेनाका २२ जवान घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

चट्याङ लागेर नेपाली सेनाका २२ जवान घाइते

बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जवान घाइते भएका छन् । चट्याङबाट शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको गुल्मका गुल्मपती सुदिप बानियाले जानकारी दिए ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी छ । समान्य घाइते १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ ।

बानियाका अनुसार तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका छन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ । गम्भीर घाईते पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);