सौराहाका ६५ वटा हात्तीलाई वनभोज खुवाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सौराहाका ६५ वटा हात्तीलाई वनभोज खुवाइयो

चितवन, २ फागुन । चितवनको सौराहामा जारी १२ औं सौराहा फुड फेस्टिबलको अवसरमा हात्तीहरुलाई वनभोज खुवाइएको छ ।

प्रणय दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान ) सौराहाको आयोजनामा जारी सौराहा फुड फेस्टिबलमा बुधबार ६५ वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

खाना महोत्सवमा यस वर्ष नयाँ आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको हो । हात्तीहरुलाई उखु, खिर, फलफुल, तरकारी लगायतको खानेकुराहरु खुवाइएको छ । फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको संमन्वयमा प्रेम दिवसको दिनमा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);