माओवादीलाई निचोरेर एकता खोजे एकता सम्भव छैन: न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माओवादीलाई निचोरेर एकता खोजे एकता सम्भव छैन: न्यौपाने

काठमाडाैं, २९ माघ । देशमा यतिबेला सबै निर्वाचन सकिएको छ । अव देशले नयाँ गति लिने निश्चित छ । अबको केही समयपछि देशले नयाँ प्रधानमन्त्री पाउँदै छ ।

देशको राजनीति यतिबेला एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता मै घुमिरहेको छ । पार्टी एकता हुन ढिलाई हुनाले जनमानसमा धेरै शंका उत्पन्न भएकाे छ । संसदीय निर्वाचनमा एमाले र माओवादीकेन्द्र एउटै घोषणापत्र लिएर जनतासामु गएका थिए । यति मात्र नभएर निर्वाचन पछि पार्टी एकता गर्ने मुल उद्देश्य लिएर दुइ पार्टीबीच वाम गठबन्धन भएको थियो ।

निर्वाचन पछि पार्टी एकता गर्ने भनेका एमाले र माओवादीबीच अहिलेसम्म पार्टी एकता भएको छैन । पार्टी एकतामा किन ढिलाई भएको छ ? कहिलेसम्म होला पार्टी एकता ? यी र यस्तै विषयसँग सम्बन्धीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्ले अनेरास्ववियु क्रान्तिकारीका भुतपूर्व अध्यक्ष एवं माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);