एमाले-माओवादी एकता प्रक्रिया लम्बिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले-माओवादी एकता प्रक्रिया लम्बिँदै

umale maobadi

काठमाडौं, ६ फागुन । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा उमाले र नेकपा माओवादी केन्द्रबीच एकताको खाका निर्माणमा सहमति हुन नसक्दा पार्टी एकीकरणमा ढिलाई भएको छ ।

माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ । पार्टी एकताबारे अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर रुपमा छलफल जारी रहेको छ ।

तर दुवै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसँग एकीकरणका लागि भईरहेको गृहकार्यबारे केहि बताएका छैन ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);