पूर्वप्रधानमन्त्री माधव नेपाललाई मुटुमा समस्या, अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

पूर्वप्रधानमन्त्री माधव नेपाललाई मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

७२ वर्षीय नेपाललाई मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुग्नुभएको छ ।

Leave a Reply