राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन । शुक्रबार ट्वीटमार्फत विधेयकमा हस्ताक्षर गरेको राष्ट्रपति ट्रम्पले जानकारी दिएका हुन । राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै विधेयकले कानुनी मान्यता पाएको छ ।

donald trump

एजेन्सी,२८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन । शुक्रबार ट्वीटमार्फत विधेयकमा हस्ताक्षर गरेको राष्ट्रपति ट्रम्पले जानकारी दिएका हुन । राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै विधेयकले कानुनी मान्यता पाएको छ ।

यसअघि सदनले विधेयक पारित गरेको थियो । त्यस लगत्तै खुसी व्यक्त गर्दै उनले ट्विट गर्दै अमेरिकी सेना र जागिरेका लागि उत्सावद्र्वक भनेका छन् । सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटिक पार्टीको सहमतिमा खर्च विधेयक ल्याइएको थियो । सदनमा विधेयकको पक्षमा २४० र विपक्षमा १८६ मत परेको थियो । यसअघि ट्रम्पको आप्रवासन नीतिको विरोध गर्दै डेमोक्रेट सांसदहरुले विधेयक पास गर्न नदिँदा खर्च गर्ने बाटो बन्द भएको थियो ।

जसका कारण तीन हप्ताको बीचमा दुई पटक सरकारी कामकाज ठप्प भएको थियो । सबै सरकारी कर्मचारीहरुलाई बेतलवी विदा दिनुपरेको थियो । तर हालै आप्रवासन नीति सच्याउने सर्तमा डेमोक्रेट सांसदहरुले खर्च गर्ने बाटो खोलिदिएका छन् । त्यसलगत्तै रक्षा र आन्तरिक सेवाहरुमा खर्चको सीमा बढाइएर प्याकेज ल्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);