अपराजित रहँदै एपिएफले फाइनल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

अपराजित रहँदै एपिएफले फाइनल खेल्ने

एजेन्सी । लिगमा अपराजित यात्रा जारी कायम राख्दै एपिएफले घरेलु मैदानमा भएको साफ महिला क्लव च्याम्पियनसिपको उपाधिको लागि प्रतिष्पर्धा गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको लिगको आफ्नो अन्तिम तथा चौथो खेलमा एपिएफ भारतीय टोली इस्ट बंगालसककंग गोलरहित खेल्दै एपिएफले उपाधिको लागि प्रतिष्पर्धा गर्ने भएको छ । इस्ट बंगालसककंगै एपिएफले शनिबार उपाधिका लागि खेल्नेछ ।

समान चार खेलमा एपिएफको यो दोस्रो बराबरी हो भने इस्ट बंगालको दोस्रो बराबरी हो । साफका पाँच राष्ट्रका क्लब सम्मिलित च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ । लिगको अन्तिम खेलअगावै दुवै टोली फाइनलमा पुगिसकेका थिए । त्यसैले बुधबार दुवै टोली यो खेल जित्दै बलियो दाबेदारी दिन चाहन्थे ।

नेपालको लिग च्याम्पियन एपिएफले भारतको लिग च्याम्पियन इस्ट बंगालसककंग बराबरी खेल्दै उपाधि भिडन्त तय गरेको छ । इस्ट बंगाल तीन खेलसम्म विजयीयात्रा कायम राखेको थियो । एपिएफले भने यसअघि दुई खेलमा जित र एक बराबरीको नतिजा सामना गरेको थियो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको इस्ट बंगालले निकै चुनौती दियो । तर, जित निकाल्न सकेन । अब एपिएफ र इस्ट बंगालबीच आगामी शनिबार उपाधि भिडन्त हुनेछ । एपिएफकी गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन् ।

स्ट्राइकर रश्मिकुमारी घिसिङले सुनौलो अवसरमा गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
रश्मीले निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा गोलको अवसर पाएकी थिइन् । भारतीय भेट्रान डिफेन्डर आशलता देवीको अप्रत्याशीत गल्तीका कारण यो अवसर जुरेको थियो । बल क्लियर गर्ने क्रममा आशलता अनियन्त्रित हुँदै लड्न पुगिन् । रश्मीले त्यसैको फाइदा उठाउँदै बल खोसिन् । तर, बक्सभित्र पुग्दा आफै अलमलिइन् ।

दोस्रो हाफमा पनि गोल हुन सकेन र खेल गोलरहित बराबरीमा सकियो । यससककंगै पहिलोपल्ट साफले सुरु गरेको क्लब च्याम्पियनसिपको लिगचरण पूरा भएको छ । दिनको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन एफसीबीचको खेल पनि १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

Leave a Reply