पुलिसले पहिलो जित निकाल्दा चर्च ब्वाईज र एपिएफले बराबरी खेल्दै अंक बाँडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुलिसले पहिलो जित निकाल्दा चर्च ब्वाईज र एपिएफले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लव र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लवले जारी लिगमा पहिलो जित निकालेको छ ।

सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकोको हो । नवप्रवेशी चर्च व्वाईज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । शुरुवातबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजिमा थिए । गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन् । खेलको २४ औं मिनेटमा एपिएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा एपिएफको अग्रता हुने अवसरलाई खेर गएको थियो । ३५ औं मिनेटमा चर्च ब्वाइजका एरिक बिष्टको फ्रिकिक एपिएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३ औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो ।

यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुवन्ध गरेको चर्च ब्वाईजले दोस्रो हाफमा पनि सुनौला अवसर खेर फाल्न पुगेको थियो । ७४ औं मिनेटमा मणि लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लवले जारी लिगमा पहिलो जित निकोको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेण्ड्स क्लवलबाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । पुलिसले सातौं चरणको खेलमा पहिलो पटक स्पष्ट अंक जोड्न सफल भएको हो । अघिल्लो खेलहरुमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे । यस्तै फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए ।

विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षा अनुसार खेल्न सकेन । दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक रुपमा देखिएको पुलिसले ५० औं मिनेटमा गोलको खाता खोल्यो । मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ५७ औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदो फ्रेण्ड्सले गोल गर्दै अन्तर छोट्याएको थियो । ८६ औं मिनेटमा फ्रेण्ड्सका जेब्रिनले खेललाई २–१ को स्थितीमा ल्याएको खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–१ को जित निश्चित गरेको हो । जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पु¥याएको छ । फ्रेण्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको छ ।

लिगमा मंगलवार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लवले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग प्रतिष्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लवले खुमलटार युथ क्लवसँग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);