अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन् : अध्यक्ष केसी | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन् : अध्यक्ष केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गर्नुभएको छ ।  रुपन्देहीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले नेता मात्रै दाेषी नभएकाे बताउनुभएको हो ।

उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताउनुभयो । उहाँले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो गर्नुभयो । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाउनुभयो ।

Leave a Reply