नामिबिया ३४ ओभर खेल्दै १ सय ३८ रनमा अलआउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नामिबिया ३४ ओभर खेल्दै १ सय ३८ रनमा अलआउट

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेपालसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियाको एफिज पार्कमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३४ ओभर २ बल खेल्दै १ सय ३८ रन बनाएर अलआउट भयो ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ र सामपाल कामीले ३ विकेट लिए । त्यस्तै कप्तान पारस खड्काले १ विकेट लिँदा बसन्त रेग्मी र शरद भेषवाकरले पनि समान १–१ विकेट लिए ।

नेपालले आफ्नो दोस्रो खेल शुक्रबार ओमनसँग, तेस्रो खेल आइतबार युएईसँग र चौथो खेल सोमबार केन्यासँग खेल्ने छ । त्यस्तै नेपालले अन्तिम खेल फाल्गुन २ गते क्यानाडासँग खेल्ने छ ।

डिभिजन टुमा शीर्ष दुई स्थान बनाउने टिमले जिम्बाबेमा सन् २०१९ मा हुने आइसीसी एक दिवसीय वल्र्ड कपको क्यालिफाएर राउण्डका लागि छनोट हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);