वालबालिकालाई दीर्घकालिन महत्व राख्ने निर्णय गर्नुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वालबालिकालाई दीर्घकालिन महत्व राख्ने निर्णय गर्नुपर्छ : प्रचण्ड

Prachandaaa

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यले बालबालिकाको दायित्वलाई आत्मसाथ गरेको अनुभुति दिने निर्णय गर्ने पक्षमा आफु रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बालसञ्चार केन्द्र र बालमैत्री नेपालका प्रतिनिधि मण्डलसंँग भएको भेटघाटमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । सो भेटमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि दीर्घकालिन महत्व राख्ने निर्णय गर्ने पक्षमा आफु रहेको उनले बताए ।

वृद्ध वृद्धाको लागि भत्ता भनेर राज्यले उनीहरुलाई संरक्षण गर्ने पद्धतिको सुरुवात गरिसकेको उल्लेख गर्दै उनले बालबालिकाको क्षेत्रमा पनि त्यस्तै दीर्घकालिन महत्वको निर्णय गर्नुपर्ने आवश्यकता औल्याए ।

अबका सबै बालबालिकाकाले सरकारको कदमलाई सम्झि राख्ने गरि केन्द्रीत र दीर्घकालिन महत्वको निर्णय गर्ने मनस्थितिमा आफु रहेको भन्दै उनले उपयुक्त राय सुझाउन दिन आग्रह गरे ।

बालसंञ्चार केन्द्र र बालमैत्री नेपालले बालमैत्री राष्ट्र निर्माणको अभियानलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा कार्यान्वयन गर्न गराउन माग गर्दै प्रमुख दलका शिर्ष नेतालाई भेटी ध्यानाकर्षण पत्र बुझाउँदै आएका छन् । ती संस्थाले राष्ट्रिय बालअधिकार आयोगको गठन गर्न तथा बालबालिका मन्त्रालय यथावत राख्न माग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);