भारतकाे उत्तराखण्ड घटना : सयभन्दा बढी अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

भारतकाे उत्तराखण्ड घटना : सयभन्दा बढी अझै बेपत्ता

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डको एक गाउँमा आरीघाेप्टे वर्षाकाे चार दिनपछि पनि एक सयभन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेको स्थानीय स्रोतहरूले बताएका छन् ।

भग्नावशेषमुनि फसेकाहरूको खोजीलाई तिब्र बनाउन उन्नत उपकरणहरू हवाई मार्गबाट लैजाने प्रयास भइरहेको बताइएको छ । यद्यपि प्रत्येक दिन बित्दै जाँदा उनीहरूको जीवित नै रहने सम्भावना कम छ ।

बेपत्ता हुनेहरूमा दक्षिणपश्चिमी राज्य महाराष्ट्रको जलगाउँ क्षेत्रका १६ जना पर्यटकहरूको समूह र केही नेपाली नागरिकहरू पनि रहेको बताइएको छ । खोज र उद्धार कार्य जारी छ, अहिलेसम्म ६ जनाको शव निकालिएको बताइएकाे छ ।

Leave a Reply