एजेन्सी । टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तमा आइतबार ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।
बालिकेसिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले ८१ वर्षीय वृद्धको मृत्यु भएको बताउनुभयो । प्रान्तको ग्रामीण क्षेत्रहरूमा जम्मा १६ वटा भवनहरू भत्किएका छन् ।
स्थानीय समय अनुसार साँझ ७ :५३ बजे आएको भूकम्पले जनजीवन तहसनहस पारेको थियो ।





