नेइमार अन्ततः पिएसजी जाने पक्का, वार्षीक दुई करोड ७० लाख पउण्ड पाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

नेइमार अन्ततः पिएसजी जाने पक्का, वार्षीक दुई करोड ७० लाख पउण्ड पाउने

बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमार फ्रान्सेली क्लब पीएसजी जाने पक्का, पीएसजीले नेइमारलाई वार्षिक २ करोड ७० लाख पाउण्ड दिने ।

नेइमार अन्ततः पिएसजी जाने पक्का

काठमाडौं । बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)जाने पक्का भएको छ ।

बेलायती पत्रिका मेट्रोले नेइमार पिएसजीमा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ ।

पिएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्ध सम्झौता आउँदो सोमबार वा मंगलबार हुने दाबी गरिएको छ ।

नेइमारका बुवाले पिएसजीसँग छलफल गरिरहेको र नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने लगभग पक्का भएको छ ।

पिएसजीमा गएपछि नेइमारले वर्षको झण्डै दुई करोड ७० लाख पाउण्ड कमाइ गर्ने छन् ।

Leave a Reply