काठमाडौं ।। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले शनिबार सूचना निकालेर राजनीतिक दलहरुलाई आगामी भदौ ११ गतेसम्ममा दल दर्ता गराउन आह्वान गरेको हो ।
राजनीतिक दलले निर्वाचनमा भाग लिन आयोगमा दर्ता हुनुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले दल दर्ताका लागि निवेदन दिंदा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।
दलहरुले निवेदन पेश गर्दा आफूले लिन चाहेको निर्वाचन चिन्हको कम्तीमा छुट्टै तीन प्रकारका नमूना र त्यसको विद्युतीय प्रति बुझाउनुपर्ने छ ।
दल दर्ताका लागि सार्वजनिक विदाका दिनमा पनि कार्यालय खुला रहने आयोगले जनाएको छ ।०००