भारतले जित्यो १९ बर्षमुनीको आइसीसी विश्वकप क्रिकेट | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

भारतले जित्यो १९ बर्षमुनीको आइसीसी विश्वकप क्रिकेट

अष्ट्रेलिया ८ विकेटले पराजित, भारतका लागि मञ्जोत कालराको १ सय १ रनको योगदान

एजेन्सी, २० माघ । १९ बर्ष मुनीको आइसीसी विश्वकप क्रिकेटको उपाधि भारतले हात पारेको छ । न्यूजिल्याण्डको बे ओभलमा आज भएको फाइनल खेलमा अष्ट्रलियालाई ८ विकेटले पराजित गर्दै भारतले चौथो पटक १९ वर्षमुनीको आइसीसी विश्वकपको उपाधि चुमेको हो ।

२ सय १७ रनको लक्ष्य पछ्याएको भारतले ३८ ओभर ५ बलमा दुई विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । भारतका लागि ओपनर मञ्जोत कालराले शानदार ब्याटिङ गर्दै अविजित १ सय १ रन बनाए ।

म्यान अफ द फाइनल बनेका कालराले १ सय २ बल खेलेर ३ छक्का र ८ चौका प्रहार गर्दै १ सय १ रन बनाएका थिए । कालराले हार्दिक देसाईसँग मिलेर तेस्रो विकेटका लागि ८९ रनको अविजित साझेदारी गरे ।  देसाईंले ४७ रन बनाए ।

त्यसैगरी अर्का ओपनर तथा कप्तान पृथ्वी शाहले २९ रन बनाउँदा शुभम गिलले ३१ रनको योगदान दिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाए । त्यस्तै परम उप्पलले ३४ र बनाउँदा ओपनर ज्याक एडवार्डले २८ रनमा आउट भए ।

अष्ट्रेलियाको इनीङ धरापमा पार्न भारतका इशान पोरेल, शिव सिंह, कमलेश नगरकोटी र अनुकुल रोयले समान २–२ विकेट लिए । भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा प्रतियोगिताको उपाधि जितिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);