प्रचण्डले देशको ढुकुटी रित्याइसकेका थिए, म आएर जोगाएँ,प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

प्रचण्डले देशको ढुकुटी रित्याइसकेका थिए, म आएर जोगाएँ,प्रधानमन्त्री ओली

 

२०८१,१०,१४

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्याल ठट्टाको कुरा नभएको बताएका छन्। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले मुलुक आर्थिक र सामाजिक रुपमा अप्ठेरोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे। उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए।

उनले सबै मुलुकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे। उनले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए।मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्‍याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए। संसदका दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसपछिको जनताको निराशा भयानक हुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अस्ति तीन वर्ष पनि सरकार थियो। अबको तीन वर्ष पनि सरकार जान्छ, के भयो ररु त्यस्तो होइन। अस्ति तीन वर्षको सरकारले मुलुकलाई रसातलमा पुर्‍यायो। ढुकुटी रित्यायो। तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतै पनि छैन। त्यस्तो बनायो। अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुईवटा प्रतिष्पर्धी भनेर भनिएका पार्टीहरु किन मिलेर जानुपर्‍यो। यसकारण कि देश साच्ची अप्ठ्यारोमा पर्यो। देशै रहन्छ कि रहदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा देश पुगिसक्यो। देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र रु मजाकको कुरा हो र रु किन नेकपा एमाले र कांग्रेस एकठाउँमा बस्नुपर्यो भने देश र लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन गठन भएको हो। सबैले सुन्नेगरी भन्छु।ु

उनले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिरसमेत गरे। केपी ओली प्रधानमन्त्री हुनुअघि १८ महिना सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);