कांग्रेसको बैठकमा आज सांसदको प्रश्न, मन्त्रीहरूको जवाफ | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

कांग्रेसको बैठकमा आज सांसदको प्रश्न, मन्त्रीहरूको जवाफ

 

२०८१,१०,१४
नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका छ। सांसदहरूले बोलेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले जवाफ दिने मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए। त्यसपछि पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेपछि बैठक सकिनेछ। यसअघि आइतबार सरकारको कामकारबाही, सरकारले ल्याएको अध्यादेश, कांग्रेस र नेकपा एमालेले बनाएको संयन्त्रमा भएका काम, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयास लगायत विषयमा छलफल भएको थियो ।

Leave a Reply