सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ तिर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ तिर्न बाध्य

२०८१,०७,१६
तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपाली ग्राहकले एक सय भारुको लागि एक सय ६६ रुपैयाँ तिर्दै आएका छन् । भारतीय एक सयको एक सय ६० रुपैयाँमा कारोबार हुने गर्छ । तर नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नभएको अवस्थामा भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा कमिशन तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउ।महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा यतिबेला नेपाली ग्राहक किनमेल गर्न पुग्ने गर्छन् ।

चाडबाडको किनमेल गर्न पुग्ने नेपालीलाइ भारतीय व्यापारीले कमिशन लिएर सामग्री दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले गुनासो गरे। उन्ले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताए।

त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए । यो बोहक महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली एक सय ६६ रुपैयाँ लिने गरेका छन् ।

सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले एक हजार बराबर नेपाली एक हजार छ सय रुपैयाँ दिए मात्र पाउने गरेका छन् ।

साथै कुनै ठाउँमा आठ रुपैयाँसम्म पनि बट्टा ९कमिशन० लिने गरेको एक ठूला व्यापारीले बताएका छन् । नेपाली बजारमा मालवस्तु महँगो पर्ने र भारतीय बजारमा केही सस्तो भएको हुँदा बट्टा तिरेर पनि भारतीय बजारमा किनमेल हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);